चितवनका पत्रकारहरुका लागि सामाजिक विषय लेखन अभिमुखीकरण कार्यक्रम शुरु

चितवन, असार ११ – चितवनमा कृयाशिल पत्रकारहरुका लागि सामाजिक विषय लेखन अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको आयोजना तथा भरतपुर महानगरपालिकाको सहयोगमा बुधवारबाट तीन दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको हो ।
पत्रकारलाई सामाजिक विषयमा रहेर समाज परिवर्तन गर्ने सक्ने समाचार लेख्ने, प्रस्तुत गर्न सहयोग पु¥याउने भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । कार्यक्रममा सामाजिक विषयमा रहेर सम्बन्धित विज्ञहरुसंग छलफल गरि वर्तमान चुनौती, समस्याहरुलाई कसरी समाचारमा समावेश गर्ने भनी अन्तरक्रिया समेत गरिने छ ।
कार्यक्रमको पहिलो दिन बुधवार भरतपुर महानगरपालिका महिला तथा समाज कल्याण शाखाका महिला विकास अधिकृत कलावति ओझा र सुशिला वाग्लेसँग सामाजिक विषयमा छलफल भएको थियो । उनीहरुले समाजमा भएका जल्दो बल्दो कुरालाई समाचारमा कम उठाईने तर राजनितिक क्षेत्रलाई बढी प्राथमिकता दिईने गुनासो गरे ।
कार्यक्रममा पत्रकारहरु नारायण अधिकारी,अनिल ढकाल,तीर्थ नेपाल,शान्ता अधिकारी, , हरिप्रसाद पोख्रेल, रोहिणी त्रिपाठी, शिशिर सिमखडा, दिपेन्द्र अधिकारी, सुर्यप्रकाश कँडेल लगायतले सामाजिक विषयको समाचार लेखन अनुभव सुनाएका थिए । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको कार्यक्रममा पहिलो दिन ४५ जनाभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया