सिल्भाले म्यान्चेस्टर सिटी छोड्ने

असार ११ – प्रिमियर लिग क्लब म्याचेस्टर सिटीका मिडफिल्डर डेभिस सिल्भाले क्लब छोड्ने भएका छन् । ३३ बर्षिय सिल्भाले सन् २०१९२० को सिजन पछी क्लब छोड्ने निर्णय गरेका हुन् । एक अन्तर्वार्तामा सिल्भाले २०१९-२० को सिजन पछि सिटी छोड्ने बताएका हुन् । हालै मात्र सिटीले उनी सँगको सम्झौता २ बर्ष लम्ब्याउन चाहे पनि उनले भने १ बर्षको लागि मात्र सम्झौता नविकण गरेका छन् ।
सन् २०१० मा सिटीमा अनुबन्धित भएका सिल्भाले अहिले सम्म सिटीलाई चारवटा प्रिमियर लिग उपाधि जिताईसकेका छन् । यस्तै उनले सिटीबाट चार वटा लिग कप र दुई एफए कपको उपाधि पनि जितिसकेका छन् । सिल्भाले ३९५ खेल खेल्दै क्लबलाई जिताएका थिए ।गएकाे सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए । उनले सिटीबाट १० खेलिसको र अब यो नै क्लब उपयुक्त समय समय भएको बताए ।एजेन्सी
तपाइँको प्रतिक्रिया