टुङ्गियो ‘गल्बन्दी’ बिबाद, संगीतमा राईको नाम राख्ने सहमती

काठमाडौं, असार ११ – बिगत केही दिनयता चर्किएको ‘गल्बन्दी’ बिबाद टुङ्गिएको छ । बुधवार प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिए पछी यो बिबाद समाधान भएको छ ।प्रकाश सपुत र शम्भु राई बिच ४ बुँदे सहमतिमा बिबाद टुंगिएको हो ।
सहमती अनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम रहनेछ । अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी गर्ने सहमति भएको छ ।
गीतको माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टी भने सुपतले नै प्राप्त गर्ने र राइले कुनै पनि दाबी गर्न नपाउने सहमति भएको छ । तो सँगै अब राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिनेछन् ।
युट्युबमा अपलोड भए लगत्तै सबैको मनमा बस्न सफल प्रकाश सपुत र शान्ती श्री परियारको आवाज रहेको ‘गल्बन्दी’ १५ दिनमै करोड क्लबमा प्रवेश गरेर नयाँ किर्तिमान बनाउन सफल भयो ।दर्शक स्रोताको माया पाएर गीतले जती चर्चा पायो त्यती नै चर्चा चोरीको आरोप खेप्नु परेको थियो । गीतलाई शम्भु राईको ‘आऊ नाचौं साथी’ सँग लय मिल्न गएको आरोप लगाएका थिए । छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा उजुरी दिएका थिए ।
तपाइँको प्रतिक्रिया