आज एसईईको नतिजा सार्वजनिक हुँदैन – राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं, असार ११ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । अहिले पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेकाले बुधवार नतिजा सार्वजनिक नहुने बोर्डले जनाएको हो ।
बोर्डले कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार नतिजा सार्वजनिक हुने सम्भावना बढी रहेको समेत जनाएको छ । कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका र कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउने बताईएको छ ।
मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर विभिन्न अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो। तर बोर्डले ती समाचार र सूचनाको खण्डन गर्दै रिजल्ट प्रकाशनको तयारी गर्दा कामको चापअनुसार केहीघण्टा तलमाथि हुनसक्छ। सोही कारण कार्यालयले नतिजा प्रकाशनको मिति र समय तय नगरेको बताईएको छ ।बोर्डले हल्लाको पछि नलाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।यस पटक मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।
तपाइँको प्रतिक्रिया