सिद्धान्त होइन नाजिर थिए ‘आप्पा’ को लागि पहिलो रोजाई

असार ११ – असार १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आप्पा’ ले अहिले राम्रो हाईप बनाईरहेको छ । प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र युनिट अन्तिम प्रचार प्रसारमा ब्यस्त रहेको छ । बाबु छोराको कथा रहेको यो चलचित्रमा दयाह्याङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय रहेको छ । अनमोल गुरुङ निर्देशित यस चलचित्रमा गुरुङकै कथा रहेको छ ।
चलचित्रमा दयाह्याङको छोराको भूमिका नव कलाकार सिद्धान्तले निभएका छन् । उनी यही चलचित्रबाट कलिउडमा पाइला राख्दैछन् । यस्तै अल्लोनाले पनि यही चलचित्रमा डेब्यु गर्दैछिन् । चलचित्रमा दयाह्याङको छोराको भूमिका निभाएका सिद्धान्त पहिलो रोजाई नभएको निर्देशक अनमोलले बताएका छन् । उनका अनुसार चलचित्रको लागि पहिलो रोजाईमा नायक नाजिर हुसेन रहेका थिए ।
निर्देशक अनमोल नाजिरलाई अनमोलको छोराको भूमिकामा देखाउने तयारीमा रहेका थिए । चलचित्रको लागि बेङ्गाली लुक्स भएको र शुद्ध नेपाली भाषा बोल्ने युवकको खोजी रहेको थियो । अनमोलले खोजेको जस्तो कलाकार नपाए पछी नाजिरलाई खेलाउने निर्णय गरे । नाजिर केही हद सम्म कथाको माग अनुसार सुहाउदो कलाकार थिए । तर अनमोलले एकाएक सिद्धान्तलाई भेटे ।
कालिम्पोङमा रहेको उनको कार्यालय नजिकैको एउटा रेष्टुरेन्टमा वेटरको काम गर्ने सिद्धान्त उनको नजरमा पर्यो र सिद्धान्त नै दयाह्याङको छोरा बन्न पुगे । उनले चलचित्रमा निकै राम्रो अभिनय गरेको निर्देशक अनमोलको दाबी छ ।‘आप्पा’ मा निर्देशक अनमोल सँगै उमेश उपामाको पटकथा रहेको छ ।माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा रुदेनसदा लेप्चाको निर्माण रहेको छ । चलचित्रको ट्रेलर र तीन वटा गीत रिलिज भईसकेको छ ।
तपाइँको प्रतिक्रिया