इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

असार ११ – इंग्ल्याण्ड बिरुद्द सहज जित हात पार्दै अष्ट्रेलिया एक दिवसिय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राती सम्पन्न खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्यो ।विश्वकपमा छैटौं जित हात पार्दै अष्ट्रेलिया सेमिफाइनलमा स्थान बनाउने अफिलो टिम बनेको छ ।
लर्ड्समा अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४।४ ओभरमा २२१ रनमा समेटियो । खराब सुरुवात गरेको इंग्ल्याण्डको इनिङ कुनै पनि ब्याट्सम्यानले खास्सै उकास्न सकेनन् । इंग्ल्याण्डले पहिलो ओभरमा दोस्रो बलमा नै ओपनर जेम्स भिन्सलाई शुन्यमा नै गुमाएको थियो जती बेला इंग्ल्याण्डको स्कोर पनि शुन्य नै रहेको थियो । लगत्तै दोस्रो नम्बरमा ब्याटिङ गर्न गएका जोए रुट ८ रन बनाएर पेभिलियन फर्किए ।
इंग्ल्याण्डले आफ्नो स्कोर बोर्डमा जम्मा १५ रन हुँदा दुई महत्वपूर्ण विकेट गुमाईसकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न गएका इेएन मोर्गेन ४ रन बनाएर आउट भए । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए । उनले ११५ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८९ रन बनाए पनि टोलीको हार भने टार्न सकेनन् । अन्य ब्याट्सम्यान खास्सै जम्न सकेनन् । जोनी बेयरस्टाे २७, क्रिस वोएक्सले २६, जोस बट्लर र अदिल रशिदले समान २५-२५ रन बनाए ।इंग्ल्याण्डलाई दबाबमा राख्न जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभरमा ४४ रन खर्चिए । मिचेल स्टार्कले ८।४ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको थियो । पहिलो विकेटका लागि कप्तान एरोन फिन्च र डेभिड वार्नरले १२३ रनको साझेदारी गरे । फिन्चले शतकिय पारी खेले । उनले ११६ बलमा ११ चौका २ छक्का प्रहार गरे । यस्तै वार्नरले ५३ रन बनाए । उनले ६१ बलमा ६ चौका प्रहार गरे । स्टेभन स्मिथले ३४ बलमा ३८ रन बनाए । एलेक्स करेले २७ बलमा ३८ रन बनाए । इंग्ल्याण्डले क्रिस वोक्सले २ विकेट लिए । एजेन्सी
तपाइँको प्रतिक्रिया