नेयमार बार्सिलोना फर्कन तयार

असार १० – ब्राजिलियन स्टार नेयमारले बार्सिलोनासँगको ५ बर्षे सम्झौता स्विकार गरेका छन । सन २०१७ मा बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजि) गएका नेयमार फेरी बार्सिलोना फर्किन तयार भएका हुन । स्पोर्टको अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टेमेउको प्रस्ताव नेयमारले तत्कालनै स्विकार गरेका हुन । उनले प्रस्ताव स्विकार गरे लगत्तै क्लब र नेयमार बिच मौखिख रुपमा सम्झौता भएको छ ।
उनी विश्वकै महङगा खेलाडी बन्दै २०० मिलियन डलरमा पिएसजी गएका थिए । तर उनि त्यहाँ खुशी नभएको स्रोतको भनाई रहेको छ । पिएसजी गए पछी चोट र स्टार खेलाडीहरु केइलियन एमबाप्पे र एडिन्सन काभानीको कारण उनि क्लबमा खुशी थिएनन ।
नेयमार हाल घुडाको चोटका कारण मिदान बाहिर रहेका छन । चोटकै कारण उनले कोपा अमेरिका समेत गुमाएका छन । स्पोर्ट्सका अनुसार नेयमार बार्सिलोना फर्कनेमा अब कुनै शंका छैन । बार्सिलोना नेयमारलाई स्वागत गर्न तयार रहेको छ । अब हेर्न यो मात्र बाकी छ कि पिएसजीले सम्झौता स्विकार गर्छ वा गर्दैन । दुबै क्लबले नेयमारको सम्झौता बारे छलफल शुरु गरेका छन । एजेन्सी
तपाइँको प्रतिक्रिया