विप्लव ढिलोचांँडो पक्कै वार्तामा आउनुहुन्छ ः अध्यक्ष प्रचण्ड

असार १०, चितवन । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विप्लव ढिलोचांँडो वार्तामा आउने बताउनु भएको छ । सबैभन्दा बढी नजिकबाट आफूले विप्लवलाई चिनेको भन्दै बार्ताको आउनुको विकल्प नरहेको उहांँले बताउनु भयो । आज भरतपुर महानगरपालिका चौथो नगरसभालाई सम्बोधन गर्दै उहांँले प्रतिपक्षलाई संगै नलगी समृद्धि प्राप्त नहुने बताउनु भयो । ‘जनआन्दोलमा सँगै लड्यौं, सविधान मिलेरै बनायौं, निर्वाचन पनि मिलेर सम्पन्न गर्यौ, उहांँले भन्नुभयो, बाँकी शान्ति प्रक्रियाका काम पनि संँगै मिलेर टुंग्याउंँछौं ।’ आफ्नो व्यक्तिगत रुपमा विप्लव सँग कुनै आग्रह पूर्वाग्रह नरहेको भन्दै उहाँले भन्नुभयो, ‘उहांँले बुझ्दै हुनुहुन्छ, ढिलोचाडौ पक्कै वार्तामा आउनुहुन्छ ।’ विगतमा विप्लव समुहले जनधनको क्षति गरेपनि हाल उहांँले बुझ्दै आउनु भएको उहांँको भनाई थियो । सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश नम्बर ३ का प्रमुख डोरमणी पौडेलले तीनतहकै सरकारो समन्वयमा मात्र सरकार गन्तव्यमा पुग्ने बताउनु भयो । ‘हिजोका दिनमा हामीले गन्तव्य पहिचान गर्न सकेनौ, बाटो पहिल्याउन सकेनौं, उहांँले भन्नुभयो, अव हामीले चिन्तन र सोचमा परिवर्तन आवश्यक छ।’ भौतिक विकास मात्रै बिकास नभई बजेटले सबैलाई समेट्ने र अपनत्व महसुस हुने खालको बजेटको आवश्यक रहेको उहांँको भनाई थियो
यसैबीच भरतपुरमहानगरपालिकाको आजको नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमसहित आयव्यय तर्फ पुरक बजेट सहित ३ अर्ब ७६ करोड ३ लाख ९४ हजार बजेट प्रक्षेपण गरेको छ ।
तपाइँको प्रतिक्रिया