समूह ‘सी’ को विजेता बन्दै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

असार १० – समूह ‘सी’ को विजेता बन्दै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो । हारका बाबजुत चिली पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
पहिलो हाफमा दुबै तर्फबाट कुनै पनि गोल हुन सकेन । तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेले गोल गर्यो । खेलको ८२ औं मिनेटमा इडिन्सन काभनीको गोलमा उरुग्वेले अग्रता बनाएको थियो । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।
समूह चरणमा अपराजित रहेको उरुग्वेले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । चिली पनि दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंकको साथ क्वारटफाइनलमा प्रवेश गरेको हो ।मंगलबार बिहानै सम्पन्न अर्को खेलमा जापानले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया