बिप्लव समुहको बन्दको प्रभाव चितवनमा पनि

चितवन, असार १० – नेत्र बिक्रम चन्द बिप्लव समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशभर नै देखिएको छ । बन्दको कारण देशभरका बजारहरु बन्द भएका छन भने लामो दुरिको सवारी साधनहरु चल्न सकेका छैनन । यसै बिच चितवनमा पनि बन्दको प्रभाव परेको छ ।
चितवनको बजारहरु बन्द रहेका छन भने ठुला सवारी साधनहरु चल्न सकेका छैनन । सार्वजनिक सवारीहरु चल्न सकेका छैनन । केहि ईरिक्सा र अटोहरु मात्र चलेका छन । चितवनमा बन्दमा अहिले सम्म केहि पनि अप्रिय घटना घटेको छैन ।
तपाइँको प्रतिक्रिया