प्रतिनिधसभाको बैठकमा प्रमाणपत्र किर्तेमाथि प्रश्न

काठमाडौं ,असार १० -प्रतिनिधसभाको बैठकमा सोमबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र सेवा आयोगको अनियमितताबारे प्रश्न उठाउँदै त्यस्ता विकृति रोक्न माग गरिएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, विशेष समयममा बोल्दै सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटाले विश्वविद्यालयहरु विकृति र विसंगतिको थलो बन्दै गएकामा तिन्ता व्यक्त गरे ।
‘विज्ञापनका लिखित परीक्षामा आफन्तको परीक्षा लिएर आफैंले उत्तीर्ण गराउने प्रवृत्ति बढ्दै गएको छ ,’ उनले भने ।उनले त्रिविले ९ नम्बरलाई ६९ बनाएर विद्यार्थीलाई स्वर्ण पदक दिलाएको विषयमा समेत प्रश्न उठाए ।
तपाइँको प्रतिक्रिया