पार्टीको बैठकमा जाँदा मुख्यमन्त्रीले सेनाको हेलिकोप्टर प्रयोग

हुम्ला ,असार १० – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकोप्टरमा यात्रा गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे । सिमकोटबाट उनीहरु कालिकोट पनि पुगे ।
शनिबार नेकपाको हुम्ला जिल्ला कमिटीको बैठक थियो । मुख्यमन्त्री शाही नेकपाका केन्द्रीय सदस्य हुन् भने सामाजिक विकासमन्त्री रावल पार्टी जिल्ला कमिटीका सचिव पनि हुन् ।मन्त्रालयको बजेट खर्च गरेर हेलिकोप्टरमा उनी मुख्यमन्त्रीसहित बिहान सवा १० बजे सुर्खेतबाट सिमकोट आइपुगेका थिए ।
तपाइँको प्रतिक्रिया