एयरपोर्टबाट ओर्लिएर रेशम चौधरीलाई भेट्न सीके राउत पुगे वीर अस्पताल

असार ९,काठमाडौं-जनमत पार्टीका अध्यक्ष डा.सी के राउतले वीर अस्पतालमा निलम्बित सांसद रेशम चौधरीसँग भेटघाट गरेका छन्।
दुई साताव्यापी विदेश भ्रमणबाट स्वदेश फर्किएका राउतले त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेको फेसबुकमार्फत जनाएका छन्।
भेटमा राउनले अब मा.चौधरीलाई उनको राजपा पार्टी र नेताहरुबाट आफ्नो आशा बिलकुलै मरेको बताए।
उनले अब जनमत पार्टीले रेशमलाई जेलबाट छुट्टाउन सक्ने आश्वासन दिएका थिए। यसका साथै मा.चौधरीको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिएका थिए।
यसअघि सरकारले चौधरीलाई नेल लगाएपछि समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वीरमा पुगेर भेटिसकेका छन् भने मानव अधिकारवादीहरु समेत पुगेर घटनाको बारेमा रिपोर्टिङ गरेका छन्।देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया