विप्लव समूह प्रवेश गरेका चलचित्र ‘मालिका’का निर्माता नरबहादुर कार्की पक्राउ

असार ०९ – अभिनेत्री रेखा थापासग मिलेर चलचित्र ‘मालिका’ निर्माण गरेका निर्माता नरबहादुर कार्कीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयुक्त टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
केहि समय यता कार्की प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमा आबद्धता भएर काम गरेका थिए ।‘उनी केही महिनाअघि प्रतिबिन्धत नेकपामा प्रवेश गरेका रहेछन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले भने, ‘अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका छन् ।
’पछिल्लो समय उनले सरकार र नेपाल प्रहरीलाई लक्षित गरेर सामाजिक सञ्जालमा आक्रोसपूर्ण अभिव्यक्ति दिने गरेका थिए ।रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म मालिकामा उनले जीवन प्रशिक्षकको भूमिकामा अभिनय समेत गरेका थिए ।
तपाइँको प्रतिक्रिया