पाकिस्तान सँग पराजित भए पछी अफ्रिकाको विश्वकप यात्रा टुङ्गियो

असार ०९ – दक्षिण अफ्रिका एक दिवसिय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । गए राती सम्पन्न खेलमा पाकिस्तान सँग पराजित हुँदै अफ्रिकाको विश्वकप यात्राटुङ्गिएको हो । पाकिस्तानले अफ्रिकालाई ४९ रनले पराजित गर्यो । यो जित पछी पाकिस्तानको भने अर्को चरण प्रवेश सम्भावना जिवितै रहेको छ ।
लर्ड्समा पाकिस्तानले दिएको ३०९ रनको बिशाल लक्ष्य पछ्याएको अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन मात्र बनाउन सक्यो । अफ्रिकाले पहिलो विकेट सस्तैमा गुमाएको थियो । स्कोरबोर्डमा ४ रन हुँदा ओपनर हसिम अम्ला ब्यक्तिगत २ रनमा पेभिलियन फर्किए । त्यस पछी अर्का ओपनर क्विन्टन डि कक र दोस्रो नम्बरमा ब्याटिङ गर्न गएका कप्तान फाप डु प्लेसिसले अफ्रिकाको ऐनिङ सम्हाले । डि कक दोस्रो विकेटको रुपमा ब्यक्तिगत ४७ रन बनाएर आउट भए जती बेला अफ्रिकाको स्कोर ९१ पुगेको थियो ।
तेस्रो विकेटको रुपमा कप्तान डु प्लेसिस आउट भए । उनले ७९ बलमा 5 चौका प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेले । यस्तै एन्डिल फेहलुकवायोले ४६, रस्सि भान डर दुसेन ३६,डेभिड मिलर ३१ रन बनाएर आउट भए । पाकिस्तानका शादब खान र वाहव रियाजले समान ३-३ विकेट लिए । शादबले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए भने वाहवले १० ओभरमा ४६ रन खर्चिए । यस्तै मोहम्मद आमिरले २ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै ३०८ रन बनाएको थियो । उसका लागि हरिस सोहिलले सर्वाधिक ८९ रन बनाए । उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । बाबर अजामले ८० बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाए । यस्तै इमाम उल हक र फकर जामनले समान ४४-४४ रन बनाए । दुबै समान ६-६ चौका प्रहार गरे । मोहम्मद हाफिज २० रन बनाएर पेभिलियन फर्किए । अफ्रिकाका लुन्गी निडीले ३ विकेट लिए । उनले ९ ओभरमा ६४ रन खर्चिए । यस्तै इम्रान ताहिरले २ तथा एडेन मार्कराम र एन्डिलो फहवकुवलोले समान १-१ विकेट हात पारे । एजेन्सी
तपाइँको प्रतिक्रिया