अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

असार ०९ – समुह चरणको अन्तिम तथा निकै महत्वपूर्ण खेलमा कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण मानिएको सोमबार बिहानको खेलमा कतार २-० ले पराजित भयो ।
अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । उसका लागि मार्टिनेजले सुरुवाती गोल गरे । पहिलो हाफमा अर्जेन्टिना १-० ले अघी रह्यो ।
तुलनात्मक रुपमा कमजोर मानिएको एसियाली राष्ट्र कतारले अर्जेन्टिना बिरुद्द राम्रो खेल प्रस्तुत गरेको थियो । खेलको ८२ औं मिनेटमा बैकल्पिक खेलाडी पाउलो डिबालाको पासमा सर्जियो अगुएरोले गोल गरे पछी अर्जेन्टिना २-० ले बिजयी भयो । यो जित सँगै अर्जेन्टिना समुह ‘बी’ को उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्नेछ ।
सोमबार बिहान सम्पन्न समुह ‘बी’ कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० ले पराजित गर्यो । यो जित पछी कोलम्बिया समुह बिजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । एजेन्सी
तपाइँको प्रतिक्रिया