क्यान्सर प्रभावित अंकिताको उपचारको लागि सहयोग जुट्ने क्रम जारी , थप आर्थिक सहयोगको अपिल

असार ८, भरतपुर महानगरपालिका वडा नम्बर २३ सितलपानीकाका रक्त क्यान्सर प्रभावित १३ बर्षे बालिका अकिता विश्वकर्माको उपचारको लागि सहयोग आउने क्रम जारी रहेको छ।
आइतबार सोही वडाका मधु टोल विकास संस्था र आमा समुहको सक्रियतामा २२ हजार ८सय २० रुपैया सहयोग रकम प्राप्त भएको हो । संस्थाका पदाधिकारीहरु राजकुमार श्रेष्ठ , दानबहादुर श्रेष्ठ, रत्नलाल विश्वकर्मा , गणेश विश्कर्मा , जितु लामगादे लगायतले क्यान्सर अस्पतालमै भेटेर बालिकाका आमाबुबालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
सो क्रममा बालिकाका आमा ऋतु विश्वकर्माले उपचारको लागि आर्थिक अभाव भएको बताउंँदै थप सहयोगको अपिल गर्नुभयो । बालिकालाई दुई प्रकृतिको रत्त क्यान्सर भएको र लामो समय उपचार गर्नुपर्ने भन्दै थप उपचारको लागि उहांँले सहयोगको अपेक्षा गर्नुभएको हो । मधु टोल विकास संस्थाका सल्लाहाकार राजकुमार श्रेष्ठले बालिकाको उपचारको लागि आफूले जुनसुकै पहल गर्न तयार रहेको बताउंँदै अन्य रकम जुटाउन आफू लागि परेको बताउनु भयो ।
उपचारमा संलग्न डाक्टर कृष्णसागर शर्माले बालिकामा दुईप्रकारको रक्त क्यान्सर भएको बताउंँदै बोनम्यारो ट्रान्सप्लान्टको लागि भारत लैजानुपर्न सक्ने बताउनु भयो । उहांँका अनुसार बालिकालाई एएलएल र सिएमएल दुईप्रकारको रक्त क्यान्सर देखिएको छ । यी दुवै रक्त क्यान्सरको लागि धेरै खर्च र समय लाग्ने भएकोले जीवनभर औषधी खानुपर्नेछ । बालिकाको उपचारको लागि हालसम्म झण्डै ५ लाख खर्च भइसकेको परिवारजनले जनाएका छन । केही दिन अघिमात्र सत्यनारायण आमा समुहले ५३ हजार ८सय रुपैयांँको सहयोग पछि आइतबार थप सहयोग रकम प्राप्त भएको हो ।
यसैबीच सुनचांँदी व्यवसायीको प्रतिनिधित्व गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ७ बुद्धचोकमा रहेको नमस्ते सुनचांँदी पसलका संचालक जितु लामगादेले १ हजार ५ सय पचास रुपैयांँ सहयोग गर्नुभएको छ । बालिकाका बुबा सुन का गहना बनाउने कालिगढ रहेको भन्दै उहांँले यो सानो सहयोगले अन्य व्यवसायीलाई समेत प्रेरणा मिल्न सक्ने बताउनु भयो । अगामाी दिनमा आफूले बालिकाको उपचारको लागि रकम संकलनको लागि खटिने उहांँले प्रतिबद्धता समेत जनाउनु भएको छ ।
तपाइँको प्रतिक्रिया