माया सरर सँगै सचीन रौनियारको कम ब्याक

नेपाली सुगम संगीतका दुइ निकै चर्चित गायक जितेन लेप्चा र सचिन रौनियारको संयुक्त गायनमा रहेको नया गीत ” माया सररर ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनीक गीत यी दुइ संगीत क्षेत्रका हस्ती गायक दुइबैको लागि निकै नौलो रहेको छ । प्रेमिल अनि निकै भाबुक गीत गाउने गायकको छबि बनाएका जितेन लेप्छा र अर्का मेलोडी पप गायनलाइ निकै प्रत्साहन दिदै आईरहेका गायक सचिन रौनियारको लागि पनि यो गीत निकै नौलो रहेको छ ।
प्राय दर्शक तथा संगीत प्रेमीहरुले आफ्नो मन पर्ने गायक गायिका तथा सर्जकहरुबाट आश गर्ने नै सोहि लय ,सोहि मिठास अनि सोहि आभास । तर यस पटक भने गायक सचिन र जितेनले आफ्नो पुरानो पाटोलाइ नै फरकरुप दिदै डान्स गीत लिएर आएका हुन् र यस गीतले रिलिजको छोटो समयमै सोचेको भन्दा बढी दर्शक तथा श्रोताहरुको माया पाएको छ र यस गीतले सार्वजनिक युट्य़ुबमा पनि धेरै भन्दा धेरै राम्रो प्रतिक्रिया अनि दर्शकको माया बटुल्दै गइरेहको छ ।
सार्वजनिक यस रोमान्टिक अनि प्रेमिल डान्स विटको गीतमा गायक जितेन लेप्चाकै शानदा रचना तथा संगीत रहेको छ भने गायनमा गायक लेप्चा र सचिन रौनियार दुबैको संयुक्त रहेको छ । लेप्चाको एकल शब्द रचना अनि संगीत सिर्जना रहेको यस गीतलाई एरेन्ज भने फणिन्द्र राइले गरेका हुन् । तुलीका मिक्कीको निर्माण , नवराज उप्रेतीको छायांकन ,बिकाश ज्ञवालीको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा प्रख्यात म्युजिक भिडियो निर्देशनमा अब्बल तथा चलचित्र निर्देशक समेत रहेको निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरि तयार गरेका हुन् भने यस गीतको भिडियोमा गायक सचिन र जितेनको साथमा नायिका तथा मोडल आचल शर्माको अभिनय रहेको छ
तपाइँको प्रतिक्रिया