अर्जेन्टिना भर्सेज कतार : अर्जेन्टिनालाई कमब्याक र कतारलाई अनुभव बटुल्ने अवसर

असार ०८ – कोपा अमेरिका फुटबलमा आज राती अर्जेन्टिनाको कतार बिरुद्द मैदान उत्रदैछ । । सुरुवाती २ खेलमा अनेपेक्षित नतिजा निकालेको अर्जेन्टिना समुह चरणको अन्तिम खेलमा आज राती (सोमबार बिहान) कतार बिरुद्द मैदान उत्रदैछ । राती १२:४५ बजे हुने खेलमा क्वाटरफाइनलमा स्थान बनाउनका लागि अर्जेन्टिना कतारलाई पराजित गर्ने दाउमा रहेको छ ।
पहिलो खेलमा कोलम्बिया सँग २-० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वे सँग १-१ को बराबरीमा रोकिएको थियो । दुई खेलबाट मात्र १ अंक जोडेको अर्जेन्टिना समुह ‘बी’ को पुछारमा रहेको छ । आजको खेलमा कतारलाई पराजित गरेको खण्डमा उसको क्वाटरफाइनल सम्भावना बलियो बन्नेछ । तर पराजित वा बराबरी भएको खण्डमा केही मुस्किल हुन सक्नेछ ।
कतारलाई पराजित गर्न सके अर्जेन्टिनाको ३ खेलबाट ४ अंक हुनेछ । अर्को खेलमा पाराग्वे कोलम्बिया सँग कम्तीमा बराबरीमा रोकिएको खण्डमा अर्जेन्टिना सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछ । तर पाराग्वेले कोलम्बियालाई पराजित गरेको खण्डमा अंकगणितिय आधारमा एक टिम सिधै क्वाटरफाइनल प्रवेश गर्नेछ । यो समुहबाट कोलम्बिया १ खेल अवागै क्वाटरफाइनल प्रवेश गरेकिसकेको छ ।
सबै नतिजा अर्जेन्टिनाको बिपक्षमा गएको खण्डमा पनि क्वाटरफाइनल पुग्ने अर्को बाटो भने खुल्ला नै रहनेछ । ३ समुहबाट शिर्ष २-२ टोली गरी कुल ६ टोली क्वाटरफाइनलमा स्थान बनाउन सफल हुनेछन् । बाँकी २ टोली भने तिनै समुहको तेस्रो स्थानमा रहने टिमबाट छनौट हुनेछन् । अंक तालिकाको तेस्रो स्थानमा रहने ३ टोली मध्य उत्कृष्ट २ टोलीले पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल हुनेछन् । यसमा गोल आधार लगायतका केही आधारलाई मध्यानजर गर्दै उत्कृष्ट २ टोली छानिनेछन् । यसरी हेर्दा अर्जेन्टिना पहिलो चरणबाट नै घर फर्कने सम्भावना न्युन रहेको छ ।
अर्जेन्टिना भने समुह चरणको अन्तिम खेलमा जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाउने दाउमा रहेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतार बिरुद्द अर्जेन्टिना हाबी हुने अनुमान गरिएको छ । यो खेलबाट अर्जेन्टिनालाई आफ्नो लय समाउन मौका पनि रहेको छ । यस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पनि आफ्नो टोलीलाई अघी बढाउने अवसर रहेको छ । उता कतारलाई अर्जेन्टिना बिरुद्दको खेलबाट हेभी वेट टिम सँगको अनुभव बटुल्ने अवसर रहेको छ । एसियालि राष्ट्र कतारलाई अर्जेन्टिना बिरुद्दको खेलमा ठुलो आशा भन्दा पनि विश्वको उत्कृष्ट खेलाडी लियोनल मेस्सीको टिम सँग खेलेर अनुभव बटुल्ने मौका रहेको छ । कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दै ।
तपाइँको प्रतिक्रिया