अफगानिस्तान बिरुद्द भारतको कठिन जित

असार ०८ – एक दिवसिय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तान बिरुद्द कठिन जित निकालेको छ । विश्वकप अन्तर्गत गए राती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्यो ।
साउथह्याम्टममा भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९।५ ओभरमा २१३ रनमा समेटियो । अफगानिस्तानलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक रहेको थियो । तर भारतीय बलर मोहम्मद शामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए पछी अफगानिस्तान पराजित भयो । उसका लागि मोहम्मद नाबीले ५२ रनको अर्धशतकिय पारी खेले । उनले ५५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै रहमत शाहले ३६, कप्तान गुलाब्दिन नाइबले २७ रन बनाए । भारतले मोहम्मद शामीले ४ तथा जस्प्रित बुम्राह, युज्भेन्द्र चाहल र हार्दिक पाण्ड्याले समान २-२ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २२४ रन बनाएको थियो । अफगानिस्तान बिरुद्द भारतले राम्रो सुरुवात गर्न सकेन । शुरुमा अफगानिस्तानले भारतलाई निकै दबाबमा राखेको थियो । भारतले स्कोरबोर्डमा ७ रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर रोहित शर्मा १ रन पेभिलियन फर्किए ।
भारतका लागि कप्तान बिरात कोहलीले ६७ रनको अर्धशतकिय पारी खेले । उनले ६३ बलमा ५ चौका प्रहार गरे । यस्तै केदार यादवले ५२ रनको अर्धशतकिय पारी खेले । ओपनर केएल राउल ३०, विजय शंकरले २९ तथा महेन्द्र सिंह धोनीले २८ रन बनाए । अफगानिस्तानका गुलाब्दिन नाइब र मोहम्मद नाबीले समान २-२ विकेट लिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया