जन्मदिनको अवसरमा अभिभावकत्व ग्रहण

सदिक्षा गैरे कावासोती ७ असार , जन्मदिनको अबसरमा फजुल खर्च र देखासिकी गर्ने परम्परालाइृ तोड्दैं कावासोतीका एक शिक्षकले एकजना विपन्न र शारिरिक रुपमा अशत्त बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
कावासोती नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यमिक बिद्यालयका शिक्षक नवराज सुवेदीले सोही बिद्यालयमा अध्ययनरत छात्रा कृति श्रेष्ठको अभिभावकत्व ग्रहण गरेका हुन् । सुवेदीले श्रेष्ठको कक्षा ९ र १० मा लाग्ने सम्पुर्ण शैक्षिक र अन्य खर्च बेहोर्ने भएका छन । आर्थीक अबस्था कमजोर भएकी र शारिरिक रुपमा समेत अशक्त श्रेष्ठको बुबा आमा भारतमा छन् भने उनि ठुलोबुबाको घरमा बसेर पढ्दै आएकी छन् । जन्मदिनको अबसरमा होटल रेष्टुराँ या घरमा हुने सबै फजुल खर्च कटाएर आफुले बालिकाको पढाइृका लागि खर्च गरेको शिक्षक सुवेदीले बताउनुभयो । उहांँले आफु एक शिक्षक भएको नाताले समाजमा सकारात्मक सन्देश जाओस् र अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उदेश्यले बालिकाको अभिभावकत्व ग्रहण गरेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया