भरतपुर कारागारमा रहेका एक कैदीको मृत्यु

चितवन, असार ०७ – जिल्ला कारागार भरतपुरमा शनिबार एक जना कैदीको मृत्यु भएको छ । बाराको कलैया नगरपालिका घर भएका ५८ वर्षिय भरत वहादुर थापाको शनिबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए ।काफ्लेका अनुसार थापा वि.सं. २०७४ सालमा जवरर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको संक्रमण देखिए पछि एक महिना अघि चितवनल पठाईएको थियो ।
तपाइँको प्रतिक्रिया