बाघमारा मध्यवर्ती समुदायिक वनको अध्यक्षमा तामाङ

चितवन, असार ०७ – चितवनको पर्यटकीय नगरी सौराहाको बाघमारा मध्यवर्ती समुदायिक वनको अध्यक्षमा जितु तामाङ निर्वाचित भएका छन् । ४ गते ओद्रा टोलको संयोजक भएका तामाङ आज अध्यक्षमा चयन भएक हुन् । तामाङ लामो समय देखी वन संरक्षणको क्षेत्रमा क्रियाशिल रहेका थिए ।
यस्तै उपाध्यक्षमा सिताराम महतो,सचिवमा कृष्ण भट्ट,कोषाध्यक्षमा आशमान लामा र सदस्यहरुमा बीरबहादुर तामाङ,बाबुराम महतो,जंगिलाल चौधरी,रामसिंह महतो र दलबहादुर कुमाल चयन भएका छन । परिषद् निर्बाचनमा ५ वटा संयोजक नेपाली कांग्रेस र ४ वटा संयोजक नेकपाले जितेको थियो । अध्यक्ष निर्वाचित भएपछी प्रतिकृया दिदै तामाङले वन संरक्षण,सामुदायिक विकास र पर्यापर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्दता गरेका छन् ।
तपाइँको प्रतिक्रिया