मैत्रिपूर्ण फुटसलमा स्माइल नेपाल बिजयी

चितवन, असार ०७ – सामाजिक संस्थाहरु स्माइल नेपाल र दारी ग्याङ चितवन बिच भएको मैत्रिपूर्ण फुटसलमा स्माइल नेपाल बिजयी भएको छ । फुटसल एरेना क्षेत्रपुरमा भएको मैत्रिपुर्ण फुटसलमा स्माइल नेपालले दारी ग्याङ चितवनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
स्माइल नेपालको जितमा गणेश सेवेदीले २ गोल गरे । दारी ग्याङ चितवनका लागि रोमन पौडेलले १ गोल गरे पनि टिमको हार टार्न सकेनन् । सामाजिक क्लबहरु बिच आत्मियता प्रगाढ बनाउनका लागि फुटसल आयोजना गरिएको आयोजक स्माइल नेपालका अध्यक्ष सन्तोष पन्तले ए टु जेड समाचारलाई जानकारी दिए । स्माइल नेपाल र दारी ग्याङ चितवनले बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया