बर्षाको कारण चितवन च्याम्पियनसिपको उपाधी भिडन्त स्थगित, आइतबार जसरी पनि खेलाईने

चितवन, असार ०७ – बिहानै देखी अबिरल बर्षा भए पछी पाँचौँ हनामी चितवन च्याम्पियनसिपको फाइनल खेल स्थगित भएको छ । लगातारको बर्षाको कारण खेल मैदानमा पानी जमेर खेल्ने अवस्था नभए पछी स्थगित गरिएको आयोजक एभरेष्ट क्लबमा अध्य्क्ष अशोक देवकोटाले ए टु जेड समाचारलाई जानकारी दिए । उपाधीका लागि आज जुनियर प्रहरी अधिकृत शिक्षालय विरुद्ध अभिषेक चर्च रजहर भिड्ने तालिका रहेको थियो ।
आज स्थगित भएको फाइनल खेल आइतबार खेलाइने देवकोटाले जानकरी दिए । ‘आज बर्षाको कारण मैदानमा खेल्ने अवस्था भएन त्यसैले स्थगित गरियो उनले भने, आइतबार जसरी पनि उपाधी भिडन्त हुनेछ ।’ उपाधीका लागि भिड्ने टिममा अधिकाशं राष्ट्रिय खेलाडीहरु भएको कारण आइतबार जुन सुकै अवस्थामा पनि फाइनल खेल हुने उनले बताए । उपाधी भिडन्त आइतबार दिँउसो ३:३० बजे हुनेछ ।
उपाधी विजेताले ३ लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजारमा चित्त बुझाउनेछ । यस्तै तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
तपाइँको प्रतिक्रिया