नयाँ सोचका साथ सन्चालनमा आयो एन्ड्रोइड क्याफे

चितवन, असार ०७ – भरतपुर २ क्षेत्रपुरको बिक्रम मार्गमा नयाँ सोचका साथ एन्ड्रोइड क्याफे सन्चालनमा आएको छ । लाइभ म्युजिकको साथमा स्वादिष्ट खानाको परिकार सहित शनिबारबाट क्याफे सन्चालनमा आएको हो । क्याफेको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे ।
क्याफेको उद्घाटन गर्दै अध्यक्ष प्रधानले संगीत र खानाका पारखीहरुका लागि एन्ड्रोइड क्याफे राम्रो बिकल्प भएको बताए । उनले यो क्याफे संगीत प्रेमीहरुको रोजाईमा पर्ने विश्वास ब्यक्त गरे । उनले यस किसिमको क्याफे सन्चालनमा आउँदा चितवनको आर्थिक कारोबारमा बृदि हुने र समग्र पर्यटन क्षेत्रमा नै ठुलो टेवा पुग्ने बताए । यस्तै क्याफेले ल्याएको ‘कपल डे’ को नयाँ सोचले यसलाई अझ उचाईमा पुर्याउने प्रधानले बताए । क्याफे पारिवारीक जमघटको लागि पनि उपयुक्त रहेको भन्दै प्रधानले सफलताको शुभकामना ब्यक्त गरे ।
डेढ करोडको लगानीमा सन्चालनमा आएको क्याफेमा खाना सँगै प्रत्यक दिन लाइभ म्युजिक हुने संचालक दीपेन्द्र ढकालले जानकारी दिए । पारिवारिक सँगै अफिसियल जमघटलाई मध्यानजर गर्दै क्याफे सन्चालनमा ल्याईएको उनले बताए । यस्तै एन्ड्रोइडले अन्य क्याफे भन्दा फरक सोच पनि भित्र्याएकोको छ । साताको १ दिन प्रेम जोडीहरुको लागि भन्दै ‘कपल डे’ बिशेष गरिने उनले बताए । यसरी कपल डे को सोच अन्य क्याफेहरुमा नरहेको उनले बताए । कुन दिनलाई ‘कपल डे’ बिशेष गरिने भन्ने बारे भने केही दिनमा टुङ्गो लाग्ने उनले जनाए ।
१ पटकमा १ सय जनाको क्षेमता रहेको क्याफेमा चाईनिज, इन्डियन, कन्टिनेन्टल लगायतका खाना खान पाईनेछ । क्याफेमा १५ जनाले रोजगार पाएका छन् । क्याफे दीपेन्द्र ढकाल र सुरेश ढकालले संयुक्त रुपमा सन्चालनमा ल्याएका हुन् ।
तपाइँको प्रतिक्रिया