पूजा ,आकाश र सौगात अभिनित चलचित्र ‘पोइ पर्यो काले ‘को छायांकन सकियो

असार ७ -पहिल्लो समय निकै चर्चामा रहेको मल्टिस्टारर चलचित्र ‘पोइ पर्यो काले ‘को एउटा गीत बाहेक सम्पूर्ण छायांकन पोखरामा सकिएको छ।चलचित्रको छायांकन सकिए सगै केहि तस्बिर बाहिरिएको छ ।चलचित्र सार्वजनिक तस्बिरमा सौगात मल्ल,पूजा शर्मा र आकाश श्रेष्ठ शर्मा बेहुलाको भेषमा सजिएका छन् ।तस्बिर हेर्दा पूजा शर्माको चलचित्रमा पोई सौगात मल्ल र आकाश श्रेष्ठ कोहि पनि हुन् सक्ने देखिन्छ ।
चलचित्र ‘पोइ पर्यो काले ‘मा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहने छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्र ‘पोइ पर्यो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।चलचित्र तिहारको अवसर पारेर कात्तिकको ८ गतेबाट रिलिज हुनेछ ।
तपाइँको प्रतिक्रिया