असारमा अभिनेता विराज भट्ट र पुर्व मिस नेपाल निकिता चण्डक धान रोप्दै

चितवन ,असार ७ – अभिनेता विराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’लाई गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि निकै चर्चा भइरहेको छ ।पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै चलचित्रलाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने भएपछि सो निर्णयको सर्वत्र विरोध भइरहेको छ । अझ रोचक कुरा त के भने गाउँपालिकाका अध्यक्षसमेत चलचित्रमा कलाकार रहेका छन् ।
नायक विराजले नै निर्देशन गरिरहेको यो चलचित्रको छायांकन अहिले डोटीमा चलिरहेको छ । यतिबेला चलचित्र विवादीत बनिरहँदा चलचित्रका मुख्य कलाकार विराज र निकिता चण्डकको चलचित्रका रहेको लुक्स भने सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा नायिका निकिता र नायक विराज धानको विउ रोपिरहेको देखिएका छन् ।
छायांकनको अन्तिम चरणमा रहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रमा सामाजिक कथावस्तुलाई उतार्न लागिएको बताइएको छ । यो चलचित्रबाट नायक विराज निर्देशनमा डेब्यु गर्दैछन् ।
तपाइँको प्रतिक्रिया