चितवनमा चेक बाउन्सका उजुरी बढ्दो , दोषीलाई बिगो बराबर जरिवाना

सूर्यप्रसाद अधिकारी , असार ७, चितवन । विगत ७ महिना अघिदेखि जिल्ला प्रहरी कार्यालय, चितवनमा चेक बाउन्सका उजुरीका घटना बढिरहेको छन । मुलुकी संहिता ऐन २०७४ भदौबाट लागु एवं कार्यान्वयन भएसंँगै यस घटनाका उजुरी बढेका हुन ।
चेक बाउन्सका मुद्धालाई यसअघि लेनदेनको मुद्धा भन्दै अदालतले हेर्दै आएपनि सो समयपछि उच्च अदालतको अनुमति पछि प्रहरीले हेर्ने भएकोले यस बिषयका उजुरी धेरै परेका प्रहरीहरु बताउंँछन । हाल जिल्ला प्रहरी कार्यालय, चितवनमा मा ५० हजार देखि १ करोड सम्म रकमका चेक बाउन्सका मुद्धा परेका छन ।
कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष ७२, ०७३ मा २१ वटा एउटै बैकको चेक बाउन्सको उजुरी परेको थियो । त्यसयता ०७४ , ०७५ मा १ वटा परेको थियो तर ०७५ , ०७६ भदौ यतामात्रै ५४ वटा चेक बाउन्सका मुद्धा दर्ता भएका छन । जसअनुसार भदौमा १ वटा ,मंसीरमा १ वटा, फागुन मा ८, चैत्र २० वटा, बैशाख १२ वटा र जेठ मा १५ वटा मुद्धा दर्ता भएका छन । कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहले ऐन कानुन कडा भएसंँगै चेक बाउन्सका उजुरी बढ्दै गएको बताउनु भयो । हाल बैकिङ्ग कसुर अन्र्तगत मुद्धा लाग्ने र छिनोफानो समेत छिटो हुने भएकोले पीडितहरु उजुरी गर्न आउने गरेको उहांँले बताउनु भयो । उहांँका अनुसार मुद्धा दर्ता भइसकेपछि पीडकलाइ उच्च हेटौंडाको अदालतको आदेश बमोजिम मुद्धा चलाउने र पक्रने गरिन्छ । मुद्धा दर्ता भइसेकपछि पीडकले चेकमा भएको रकमको विगो बराबरको रकम जरीवाना तिनुपर्ने हुन्छ । यदि रकम भुक्तान गर्न नसकेको खण्डमा दिनको ३ सय ७५ रुपैयांँ दरले कट्टा हुने गरी कैद भुत्तान गर्नुपर्ने शाहले बताउनु भयो ।
बिशेषगरी साझेदारी व्यवसाय गर्ने व्यक्ति, जग्गा व्यवसायी, वैदेशिक रोजगारी एवं मिटर व्याजमा रकम लगाएका व्यक्तिहरुको उजुरी बढी आउने गरेको शाहले जानकारी दिनु भयो । उजुरी परिसकेपछि उच्च अदाललतको अनुमति पश्चात मुद्धा दर्ता गर्ने र म्याद थप गरी पीडकलाई खोज्ने काम हुने उहांँले बताउनु भयो ।
कानुन कडाभएसंँगै र पीडितले छिटै न्याय पाउने भएका कारण चेक बाउन्स गर्ने व्यत्तिको संख्यामा बृद्धि भएको बताउनु हुन्छ नेपाल इन्भेष्टमेन्ट बैंक , नारायणगढका शाखा प्रमुख विभु श्रेष्ठ । उहांँका अनुसार दुई पटक सम्म चेक भुक्तान गर्दा पीडितले बाउन्सको लागि बैंकमा अनुरोध गर्नेछन। बैंकले खातावालालाई कालोसुची अन्र्तगत बाउन्स भएको स्लीप चेक बाहकलाई दिनेछ । यही स्लीपको साथमा प्रहरी कार्यालयमा उजुरी गर्नसकिने उहांँले बताउनु भयो ।
चितवन बार एशोसिसयन का सचिव धर्म वाग्ले गत भदौबाट मुलुकी फौजदारी संहिता को कार्यान्वयन भएसंँगै र पीडितले प्रहरीमार्फत उजुरी गर्न सक्ने भएकोले यस्ता घटनाको उजुरी बढेको बताउनुहुन्छ । ‘यसभन्दा अघि प्रहरीले जाहेरी लिन नमान्ने तथा अदालत लैजानुपर्ने झन्झटका कारण यस बिषयमा चासो देखाउंँदेनथ्या’े उहांँले भन्नुभयो । वाग्लेका अनुसार पहिले फितलो कानुनी कारवाही हुन्थ्यो अहिले राष्ट्रबैंकले समेत यस बिषयलाई गम्भिर रुपमा लिएको कारण उजुरी का घटना बढेका हुन । कानुनमा कुनै परिवर्तन नआएको तर अहिले कार्यन्वयन पक्ष अलि कडा भएको उहांँले बताउनु भयो ।
चेक बाउन्स भएपछि दोषी सजिलै उम्कन नसक्ने र उसलाई थप जरीवानासहित कारवाहीमा पर्ने गरेकोले पनि पीडितले यो बाटो अपनाएको प्रहरीको भनाई छ । कतिपय मानिसलाई बैकिङ्ग कसुर ऐन सम्बन्धी ज्ञान नभएका कारण क्षणिक समयका लागि े उन्मुक्ति पाउन बाउन्स चेक दिने प्रवृत्ति बढेको हो । तनाव व्यवस्थापनको लागि खातामा रकम नभएपनि चेक काटेर दिने र सम्पर्कमा नआउने भएका कारण कानुन कडा भएपनि उजुरीको संख्या भने नघटेको प्रहरी नायव उपरीक्षक शाहको भनाई छ ।
तपाइँको प्रतिक्रिया