असार ६,काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भ्यान खरीदमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहितका कर्मचारीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरू विरुद्ध प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चारओटा प्रयोगशाला मोबाइल भ्यान खरीदमा १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ ।
मुद्दा दायर गरिएकाहरूमा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागीरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोखरेल रहेका छन् ।
यस्तै तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यस्तै, पेरूडेन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रवीण कुँवरलाई पनि प्रतिवादी बनाइएको छ ।