इटहरीका मेयर चौधरीले फेरि माफि मागे

असार ६,काठमाडाैँ– आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलामाथि गरेको अभद्र टिप्पणीप्रति माफि मागेका छन्।
उनले बुधबार एक कार्यक्रमा बोल्दै महिलामाथि अपशब्द प्रयोग गर्दै अभद्र टिप्पणी गरेका थिए। मेयर चौधरीले शुक्रबार विज्ञप्ति जारी गरेर आफ्नो टिप्पणीबाट नेपाली आमा तथा दिदीबहिनीको भावनामा चोट परेको भन्दै माफि मागेका हुन्।
‘महिला दिदी बहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। तथापी सो कार्यक्रमा मैले बोलेका केही शब्दहरुले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्ति गर्दै क्षमा याचना गर्दछु।’ मेयर चौधरीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ। देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया