शिव र मेलिनाको पहिलो युगल गीत ‘सार्वजनिक’ (भिडियो सहित)

असार ०६ – चर्चित गायक शिव परियार र चर्चित गायिका मेलिना राईको पहिलो युगल गीत ‘फिलिली’ सार्वजनिक भएको छ । नेपाली संगीतिक क्षेत्रमा राज गरिरहेका शिव र मेलिनाले पहिलो पटक एउटै गीतमा आवाज भरेका हुन् । सार्वजनिक गीतमा श्रीजना घिमिरेको शब्द रहेको छ ।बादल घिमिरेको संगीत रहेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा सागर लम्साल (बले) र श्रीजना घिमिरे फिचर्ड रहेका छन् । भिडियोमा माया गर्ने जोडीको प्रेमिल यात्रालाई देखाईएको छ । माया घिमिरेले निर्माण गरेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।
गीतका गायक शिव परियारले यो आफ्नो तेस्रो युगल गीत भन्दै यस गीतलाई दर्शक तथा स्रोताहरुले माया गर्नेमा आफु विश्वास्त रहेको बताए । यस्तै गायिका मेलिना राईले शिव परियार सँग आफुले गीत पाउदा निकै खुशी लागेको र यो गीत दर्शक स्रोताको मनमा बस्न सफल हुनेमा आफु ढुक्क रहेको बताईन् । गीतलाई सोही गीतका संगीतकार बादल घिमिरेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=zPv3kpw8dKc
तपाइँको प्रतिक्रिया