कांग्रेस केन्द्रीय समितिको बैठक असार २२ गते बस्ने

काठमाडौं, असार ०६ – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार २२ गतेलाई बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिए ।
बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
तपाइँको प्रतिक्रिया