‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलबाट एक साथ प्रदर्शन हुने

चितवन, असार ०६ – असार १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आप्पा’ नेपाल सँगै भारतमा पनि एक साथ प्रदर्शन हुने भएको छ । चलचित्र ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन हुने निर्देशक अनमोल गुरुङले जानाकारी दिए । प्रचार प्रसारको क्रममा शुक्रबार युनिट सहित चितवन आईपुगेको चलचित्रका निर्देशक गुरुङले लामो समय पछी नेपाली चलचित्र नेपालमा रिलिज भएकै दिन भारतमा पनि रिलिज हुन लागेको बताए ।
‘नेपाली चलचित्रको बिदेशमा च्यारिटी शोहरु त हुने गर्दछ तर एक साथ फिल्म हलमा रिलिज भन्ने खास्सै हुन्न उनले भने यस पटक ‘आप्पा’ भने एक साथ रिलिज हुँदैछ ।’ उनले ‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिकिम, अछाम, दार्जिलिङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने जानकारी दिए । उनले ‘आप्पा’ राम्रो बनेकोले एक पटक हल सम्म पुगेर चलचित्र हेरेर प्रतिकृया दिन आग्रह गरेका छन् ।
चलचित्रका मुख्य कलाकार दयाह्याङ राईले ‘आप्पा’ दार्जिलिङ देखी सन्दपुर सम्मको यात्राको कथा भएको बताएका छन् । उनले चलचित्र आफ्नो भूमिका बिर्खे नाम गरेको एक ड्राईभरको रहेको र त्यही ड्राईभरको वरपर नै कथा घुमेको बताएका छन् । उनले एउटा ड्राईभरले गाडी चलाऊदा के के भोग्न पर्छ भन्ने कथा चलचित्रमा रहेको बताएका छन् । उनले चलचित्रको छायाकन चिसो भेगमा गरिएको पनि बताएका छन् ।
निर्देशक गुरुङकै कथा रहेको ‘आप्पा’ मा उनी सँगै उमेश उपामाको पटकथा रहेको छ । चलचित्रमा दयाह्याङ सँगै पुराना कलाकार तथा निर्देशक तुलसी घिमिरे, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा र अरुणा कार्की लगायतको पनि मुख्य अभिनय रहेको छ । सिद्धान्तराज र अल्लोनाको लागि यो डेब्यु चलचित्र हो । यि दुईले चलचित्रमा प्रेमी प्रेमिकाको भूमिका निभएका छन् ।
माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा रुदेनसदा लेप्चाको निर्माण रहेको छ । चलचित्रको ट्रेलर र तीन वटा गीत रिलिज भईसकेको छ ।
तपाइँको प्रतिक्रिया