बोस्टन कलेजमा ‘अहिलेको बजेट र यसका चुनौतीहरु’ बिषयक अन्तक्रियात्मक कार्यक्रम हुँदै
चितवन, असार ०६ – बोस्टन इन्टरनेशनल कलेज भरतपुरमा ‘अहिलेको बजेट र यसका चुनौतीहरु’ बिषयक अन्तक्रियात्मक कार्यक्रम आयोजना हुने भएको छ । बोस्टन कलेज र उद्योग बाणिज्य संघ चितवनको संयुक्त आयोजनामा असार ८ गते आइतबार उक्त अन्तक्रिया कार्यक्रम हुने शुक्रबार कलेज परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
कार्यक्रममा आर्थिक बर्ष २०७६/७७ को बजेट माथि छलफल तथा अन्तक्रिया हुने कलेजका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा विरेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रध्यापक डा. केशवभक्त सापकोटा, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक मनबहादुर थापा, झनक शर्मा पौडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, नयाँ पत्रीका दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बराल लगायतको बिशेष उपस्थिती रहने कलेजले जनाएको छ । यस्तै कार्यक्रममा चितवन जिल्ला भरी रहेका सबै बैंकका प्रतिनिधिहरुलाई समेत उपस्थित हुनका लागि अनुरोध गरिएको कलेजले जानकारी दिएको छ ।
कलेजमा हालै मात्र गठन भएका १० वटा क्लबका सदस्य विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागी भई छलफल तथा अन्तक्रिया गर्ने बताईएको छ । यस किसिमका कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुले राष्ट्रिय अर्थतन्त्र र बजेटको वर्तमान अवस्था बारे जानकारी पाउने कलेजको विश्वास रहेको छ ।
कलेजहरुमा यस्ता कार्यक्रम महत्वपूर्ण भए पनि बिरलै हुने गरेको एसोसिएट डाइरेक्टर अधिकारीले बताए । अहिलेका विद्यार्थीहरु नै भोलीको नेतृत्वकर्ता भएकोले उनिहरुमा नेतृत्व क्षेमता बिकासका लागि कलेजले यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै आईरहेको उनले बताए । कलेजले राष्ट्रिय तहकै अन्तक्रियात्मक कार्यक्रम आयोजना गर्न लागेको र यो कार्यक्रम प्रभावकारी हुने उनले विश्वास ब्यक्त गरे ।
तपाइँको प्रतिक्रिया