‘माया घटेन’ भन्दै रेश्मा घिमिरे (भिडियो)

काठमाडौं,असार ६- चर्चित गायिका देवीका बन्दनाले आफ्नो दर्शक तथा स्रोता माझ नया गीत लिएर आएकी छिन् ।देवीका बन्दना’को स्वर रहेको ‘माया घटेन’बोलको सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।गीतको एरेन्ज रञ्जन इशानले गरेका हुन्।
गीतको भिडियोमा ‘इन्स्टाको फोटो’ बाट सर्वाधिक चर्चा कमाएकी रेश्मा घिमिरेको अभिनय रहेको छ ।माया भन्ने कुरा उमेर, समय अनि अन्य बाहिरी जुनसुकै कुराले पनि घट्दैन । जसरी पोखरीको पानी एउटा सानो घैलामा अट्दैन उसै गरी माया गर्ने मान्छेलाई दिने माया कहिल्यै घट्दैन भन्ने भाव बोकेको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।रामकुमार केसीले छायांकन गरेको यस भिडियोलाई सन्तोष राजबहाकले कोरियोग्राफी गरेका हुन् ।गीतलाई देवीका बन्दनाको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
तपाइँको प्रतिक्रिया