चेपाङ्ग विद्यार्थीको लागि सिप्रदी कम्पनीद्धारा द्धारा १३ लाखको चेक हस्तान्तरण

असार ५, चितवन। रत्ननगर नगरपालिका वडा नम्बर १५ मा स्थित विन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ्ग विद्यार्थीको लागि सिप्रदी ट्रेड्ङ्गि कम्पनीले १३ लाख ७४ हजारको चेक हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आज आयोजित एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाललाई उक्त चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्गका फोकल पर्सन रुपम श्रेष्ठले कम्पनीको सिप्रदियन सहायता संस्था मार्फत विगत ८ बर्षदेखि यस विद्यालयका चेपाङ्ग विद्यार्थीको शिक्षाको लागि कम्पनीले सहयोग गरेको बताउंँदै एकबर्षको लागि एकमुष्ट रकम चेकमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको बताउनु भयो । उहांँका अनुसार सो बिद्यालयमा पढ्ने ५५ जना चेपाङ्ग विद्यार्थीको लागि आवासीय सुविधा सहित सम्पूर्ण खर्च कम्पनीले व्यहोरर्दै आएको छ । कम्पनीले उनीहरुको प्रारम्भिक शिक्षा देखि उच्चशिक्षा सम्मको सम्पूर्ण खर्च बेहोर्नुको साथै अध्ययन पश्चात रोजागरी समेत प्रदान गर्ने जनाएको छ ।
सो अवसरमा बोल्दै भरतपुरमा रहेको सिप्रदी ट्रेडिङ्ग का डिलर्स एवं सफलमोटर्सका प्रबँन्ध निर्देशक गोपाल भट्टराइले कम्पनीले अति सिमान्तकृत चेपाङ्ग समुदायको जीवनस्तर उकास्ने उद्धेश्यले उनीहरुलाई सहयोग गरिएको बताउनु भयो । चेपाङ्ग विद्यार्थीको लागि सहयोग गर्न पाउंँदा आफू अत्यन्तै खुशी भएको बताउंँदै उहांँले सहयोग रकमको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि कम्पनीले स्वास्थ्य क्षेत्रमा समेत सहयोग गर्न लागेको भट्टराइले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक खनालले यस्ता विभिन्न दाताको सहयोगले चेपाङ्ग विद्यार्थीले आवासीय सुविधा सहित अध्ययन गर्न पाएको भन्दै बर्षेनी विद्यार्थीको संख्या बढ्दै गएको बताउनु भयो । जसले गर्दा चितवन लगायत धादिङ्ग , मकवानपुरका चेपाङ्ग बालबालिका आर्थिक अभावमा पढ्न वञ्चित हुन नपरेको उहांँको भनाई थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियान्ता उमेश गिरीले कम्पनीले चेपाङ्ग विद्यार्थीको लागि ठूलो सहयोग गरेको बताउंँदै समाजमा हरेक मानिसले यस्ता परोपकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘मानिस आफ्नो लागि भन्दा अरुको लागि जो बांँच्छ त्यो नै महान व्यत्ति कहलिन्छ ’गिरीले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलले कम्पनीले दिएको सहयोगले चेपांग बालबालिकाको भविष्य उज्ज्वल बनाउन सहयोग पुगेको बताउंँदै संस्थाको परोपकारी कामको प्रशंशा गर्नुभयो । कार्यक्रममा सिप्रदीको तर्फबाट विश्वबन्धु श्रेष्ठ, धनञ्जय महर्जन, सुनील घिमिरे,राजन पाण्डे लगायतको सहभागिता रहेको थियो ।
हाल उक्त विद्यालयमा २सय १२ विद्यार्थी मध्ये ५५ विद्यार्थीहरु चेपाङ्ग समुदायका रहेका छन । ती विद्यार्थीहरुले नर्सरी देखि कक्षा १२ सम्मको पढाई निशुल्क पढ्दै आएका छन । सिप्रदी ट्रेडिङ्ग कम्पनीले यसअघि सिन्धुपाल्चोकमा ७ वटा विद्यालयको भवन निर्माण गरी हस्तान्तरण गरिसकेको सिप्रदीयन सहायता संस्थाका योजना प्रबन्धक रजत श्रेष्ठले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया