क्यान्सर प्रभावित बालिकालाई सत्यनारायण आमा समुहको सहयोग

असार ५, चितवन । गत १ महिनोखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारार्थ रक्त क्यान्सर प्रभावित अंकिता विकलाई भरतपुर महानगरपालिका वडा नम्बर २३ को सत्यनारायण आमासमुहले आर्थिक सहयोग गरेको छ ।
आज अस्पतालमा एक समारोह बीच सो वडाकी ती बालिकालाई ५३ हजार ८ सय रुपैयांँ नगद सहयोग गरेको हो ।
सो अवसरमा नगद ग्रहण गर्दै बालिकाका आमाबाबु ईश्वर विक र ऋतु विकले छोरीको उपचारको लागि दिएको यो रकमले ठूलो राहत मिलेको बताए । छोरीको उपचारको लागि यसअघिनै ५ लाख भन्दा बढी खर्च भएको भन्दै उनीहरुले थप उपचारको लागि आर्थिक अभाव भएकोले सहयोग गरिदिन सबैलाई अनुरोध गरे । रकम संकलनका अभियान्ता दिपक श्रेष्ठले पहिलो चरणमा आमासमुहबाट सहयोग को शुरुवात गरेको बताउंँदै बालिकाको उपचारको लागि अन्य वडामा रकम संकलनको कार्यक्रम लाई निरन्तरता दिइने बताए । बालिकाका अभिभावक विपन्न परिवारको रहेकोले बालिकाको उपचारको लागि मनकारी मनहरुको सहयोगको अपेक्षा गरिएको छ ।
सो क्रममा बोल्दै बालिकाका उपचारमा प्रत्यक्ष संलग्न डाक्टर कृष्ण सागर शर्माले बालिकाको अवस्था अहिले सुधारोन्मुख भएपनि निको हुन लामो समय लाग्ने बताए । । बालिकालाई दुईप्रकारको रक्त क्यान्सर भएको भन्दैत्यस मध्ये एक गम्भिर खालको भएको जानकारी दिए । बालबालिकाको लागि निशुल्क उपचार हुदै आएपनि अस्पतालमा उपलब्ध नभएका औषधि एवं अन्य सेवाका लागि बिरामी आफैले खर्च गर्नुपर्ने डाक्टर शर्माको भनाई छ । अस्पतालका अनुसार बिरामीलाई ४ महिनासम्म भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । यदि सुधार नभएमा विशिष्ट उपचारको लागि भारत लैजानुपर्न सक्ने अस्पतालले जनाएको छ । जसको लागि ३० लाखसम्म खर्च हुने बताइएको छ । हाल त्यो विभागमा २८ जना रक्तक्यान्सर प्रभावित बालबालिकाले उपचार गराइराखेका छन ।
तपाइँको प्रतिक्रिया