सर्लाहीमा बिप्लव समुह र प्रहरी बिच गोली हानाहान, बिप्लवका जिल्ला इन्चार्जको मृत्यु

सर्लाही, असार ०५ – सर्लाहीमा नेपाल प्रहरी र नेत्र बिक्रम चन्द बिप्लव समुहको कार्यकर्ता बिच गोली हानाहान भएको छ । सर्लाहीको लालबन्दीमा भएको गोली हानाहनमा हुँदा प्रहरीको गोली लागेर बिप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जनाएका छन् ।
प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया