काठमाडौंको गोकर्णमा बस दुर्घटना, सह चालकको ज्यान गयो

काठमाडौं, असार ०५ – काठमाडौंको गोकर्णमा यात्रुबाहक बस दुर्घटना हुँदा सह चालकको ज्यान गएको छ ।बा १ ख ८७४४ नम्बरको बस गाेकर्णकाे इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना हुँदा सह चालक सुन्दरीजलका सागर कुँवरको ज्यान गएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जाेरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया