डेकोलाइन वाल फोमका उत्पादन चितवनको बजारमा

असार ५, चितवन । घर, अफिस, होटल ,उद्योगको भित्री सजावटको लागि डेकोलाइन वाल फोमका उत्पादनको विक्री वितरण शुरु गरिएको छ ।
कम्पनीको मुख्य शाखा काठमाडौमा रहेको डेकोलाइनले यो उत्पादन चितवनको बजारमा पहिलो पटक भित्रयाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ जागृतिचोकमा रहेको यस कम्पनीले एकसाता देखि यस उत्पादनका विक्रि वितरण शुरु गरेको हो ।
बिशेषगरी भित्तामा लगाइने रंगको सट्टामा प्रयोग गरिने यो फोर्म बढी टिकाउ र आर्कषक रहेको कम्पनीको दावी छ । १२ वटा कलर तथा बुट्टामा उपलब्ध यो फोर्म, कोठाको भित्तामा टाँसेर लगाइने कम्पनीका चितवन शाखा प्रमुख अमर श्रेष्ठले बताए ।
उनका अनुसार बिशषेगरी भित्ताहरुमा टांँसिने हुनाले यो बढी टिकाउ, आर्कषक हुनुका साथै चिसो र तातोलाई सोस्न सक्ने भएका कारण यसको माग बढी रहेको हो । ‘अहिले चितवनको हावापानी, सुहाउंँदो उत्पादन छ , यसको माग पुरयाउन हामीलाई हम्मे हम्मे भएको छ’ उनले भने । चितवन जस्तो आर्थिक हव र बसाइसराइको केन्द्र भएको जिल्ला भएको कारण र दैनिक नयांँ संरचना थपिएका कारण यसले छिटैनै बजार लिने कम्पनीको दाबी छ । प्लाष्टिक, रबर र केमिकलको मिश्रणबाट फोर्म बनाइएको हुंँदा यो बढी सुरक्षित , वाटरफ्रुप को साथै बलियो रहेको श्रेष्ठले जानकारी दिए ।
यो फोर्म रंगको तुलनामा त्यति महंगो नपर्ने हुनाले मध्यम बर्ग देखि उच्च बर्गलेसम्म प्रयोग गर्न सक्नेछन । ‘यो लगाउंँदा एक त कोठा आकर्षक देखिन्छ , उनले भने , आगलागि भइहालेमा पनि जहांँ आगो लाग्यो त्यही ठाउंँमा मात्र असर पर्दछ ।’ यो फोम धुन मिल्ने तथा बालबालिका खेल्दा, उफ्रदा ठोकिइहालेमा पनि बचाउ गर्ने उनले बताए ।
कोरियन प्रविधिको प्रयोगबाट निर्मित यो फोर्म रंगको विकल्प र गुणस्तरीयताको लागि ग्राहकले मन पराउने कम्पनीको विश्वास छ ।
विक्रि वितरणको शुरुवाती क्षणबाटनै राम्रो परिणाम आएको यो उत्पादन चितवन लगायत नवलपरासी ,हेटौडाबाट समेत अर्डर आउन थालेको श्रेष्ठको भनाई छ । हाल कोरियाबाट आयात गरेर ग्राहकको माग पुरयाउंँदै आएपनि निकट भविष्यमा यहांँनै उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया