बार्सिलोनामा मेरो भविष्य बारे म आँफै अन्योलमा छु – कौटिन्हो

असार ०४ – बार्सिलोनाका ब्राजिलियन स्टार फिलिपे कौटिन्होले क्लबमा आफ्नो भविष्य बारे आँफै अन्योलमा रहेको बताएका छन् । पछील्लो समय बार्सिलोनाले कौटिन्होलाई बेच्न चाहेको भन्ने खबर आईरहेको बेला उनले यस्तो भनेका हुन् ।
उनले अर्को सिजन आफुले बार्सिलोनाबाट निरन्तरता गर्ने वा नगर्ने भन्ने बारे अहिले नै भन्न नसक्ने बताएका हुन् । ‘म आँफैलाई थाहा छैन कि अर्को सिजन मैले बार्सिलोनाबाट निरन्तरता दिन्छु कि दिन्न – उनले भने ।’ ‘भोली के हुन्छ कसैलाई थाहा हुन्न, अहिले म राष्ट्रिय टिमको खेलमा केन्द्रित छु – उनले थपे ।’
किर्तिमानी मुल्यमा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना गएका कौटिन्होले क्लब छोड्ने हल्ला चलिरहेको छ । स्रोतका अनुसार आफ्नो पुर्व स्टार नेयमार भित्र्याउने बार्सिलोनाले कौटिन्होलाई बेच्ने तयारी गरेको छ । यस्तै नेयमार भित्र्याउन बार्सिलोनाले कौटिन्होलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) पठाउन सक्ने स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया