सरकारले जनचाहना अनुरुप काम गर्न सकेन : थापा

काठमाडौं, असार ०४ – दुईतिहाइ बहुमतको वर्तमान सरकारले पनि जनचाहनाअनुरुप काम गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।बुधबार काठमाडौंमा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले राज्यको स्रोत–साधनमाथि कब्जा गरेर सरकारले जनतालाई दुःख दिइरहेको आरोप लगाएका हुन् ।
अध्यक्ष थापाले जनतामा निराशा उत्पन्न हुन थालेकाले विकल्प खोज्न थालेकोसमेत दाबी गरे ।राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले सरकारले धर्म, संस्कृति र परम्परा तोड्न खोजेको जिकिर गरे ।कार्यक्रममा विभिन्न जिल्लाका राप्रपा संयुक्तका नेताहरुलाई राप्रपा प्रवेश गराइएको थियो ।
तपाइँको प्रतिक्रिया