योग शिविर आयोजना गर्दै चितवन अन्तराष्ट्रिय योग दिवस मनाइने

चितवन, असार ०४ – पाँचौ अन्तराष्ट्रिय योग दिवस चितवनमा बिशेष कार्यक्रम गरी मनाईने भएको छ । मनाइने भएको छ । ‘योग गरौं, निरोगी बनौं’ भन्ने नाराका साथ चितवनमा अन्तराष्ट्रिय योग दिवस मनाईने भएको हो ।
पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले असार ६ गते बिहान ५ देखि ७ बजेसम्म जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा योग शिविर आयोजना गर्ने बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उक्त योग शिविर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुने प्रचाप्रसार समितिका संयोजक टंकनाथ पौडेलले जनाएको छ।चितवनलाई योगमय बनाउने कार्यमा पतञ्जली योग समिति चितवन लागि परेको उनले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि महतको संयोजकत्वमा १११ सदस्यीय अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति गठन गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति चितवनका संयोजक तथा पुर्व डीआइजी ज्ञानेन्द्रविक्रम महतले योग स्वास्थ्यको लागि लाभदाहिक रहेको बताउदै यो मानव जीवनमा महत्वपूर्ण रहेको बताए
योगपिठाधिस उमाशंकर अग्रवालले योग शिविरमा जुन सुकै उमेर समुहका ब्यक्तीहरुले कार्यक्रममा सहभागीता जनाउन सकिने जानकारी दिए । योग कुनै उमेर समुहलाई भन्दा पनि सबैलाई फाईदाजनक हुने अग्रवालले बताए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले योग मानव स्वास्थ्यको लागि निकै महत्वपूर्ण रहेको बताए ।
२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तरास्ट्रिय योग दिवस मनाउने प्रस्ताव गरे अनुसार २०१४ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । जुन २१ गते विश्वमा १७५ वटा देशहरुमा योग शिविर मनाइन्छ । जसअनुसार नेपालको पनि ७७ वटै जिल्लामा योग शिविरका कार्यक्रम आयोजना गरिएको छ ।
तपाइँको प्रतिक्रिया