भुटानी शरणार्थीहरुको कथा ‘छाप्रो नं.५५’

मनिका विश्वकर्मा,
असार ०४ – सन् १९९० को दशकमा भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । भुटानी राजा जिग्मे सिग्मे वाङचुकले एक भाषा, एक संस्कृति नितिको नाममा जोंखा भाषा लाद्र सुरु गरेर नेपाली भाषा र संस्कृति प्रतिबन्धित भयो । नेपाली भाषाका पुस्तक र सांस्कृतिक भेषभूषाहरु जलाइयो । उक्त नितिको विरोधमा भुटानको दक्षिणी भेगमा बसोबास गर्ने बहुसंख्यक नेपालीभाषीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरे ।
भुटानी शरणार्थीहरुले निक्कै कष्टकर जीवन बिताउनु परेको थियो ।कुनै पनि मुलुकमा शरणार्थी भएर जीवन यापन गर्नु जो कसैका लागि पनि सजिलो विषय होइन । नेपालमा भुटानी शरणार्थीको संख्या धेरेै छ । पूर्वको झापास्थित शरणार्थी शिविरमा रहेका शरणार्थीहरुको अवस्था ज्यादै कष्टकर र दयनीय छ ।
झापा शरणार्थी शिविरमा जन्मिएका रमेश दियालीको जीवन पनि कष्टकरमा नै बित्यो । भुटानबाट लखेटिएपछि उनका बाबुआमाको पहिलो बास झापास्थित माइखोलाको बगरमा भयो । जीवन धान्न मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर बिताउनु परेको कहाली लाग्दा ती काला दिनहरु अझै पनि ताजै रहेको उनी बताउछन । नेपाल सरकारको आश बोकेर आएका भुटानी शरणार्थीहरुलाई बगरमा साना साना खरले छाएका छाप्रोहरुमा राखिएको दियालीले बताए । सबैको लागि आवश्यक बस्ने बास थियो ।उनीहरुको लागि पनि त्यहि छाप्रोहरु रहेको दियालीले बताए ।
साना झुपडिमा बसेका अधिकांश मान्छेहरु खानाको लागि ज्यादै मेहेनत गर्नुपर्ने, कसैले कपडा सिलाउने, बासका चोयाहरु बनाउने, मजदुर गर्ने ,डाला डोको नांला बनाउने काम दियालीको भनाई छ । कहिले हावापानी पर्दा छानो उडाई दिने कहिले महामारी रोगहरु लाग्दा औषधीमूलक नपाएर कत्तिले ज्यान गुमाउनुपर्ने, आगोलागि भएर छाप्रोहरु जल्ने जस्ता समस्या उनिहरुले झेल्नु पर्दछ । खरले छाएका पाचँ सय चालिस छाप्रोहरु रहेको दियालीले जीन्दगीमा जति बाधा अर्चन आए पनि उनले आफ्नो अभ्यास नछोडीकन अगाडी बढे ।
विगतलाई सम्झिदै दियाली भन्छन् – सानो छदाँ बुबाले मेरो गुच्चा खेल्ने चोर औलामा हिर्काउदै ‘क’ लेख्न नसिकाइएको भए सायद आज म यो अवस्थामा हुदैनर्थे होला ।’ १८ वर्षसम्म नेपाल बसेका नेपाली नागरिकता नदिएको र जति दक्ष भएता पनि केही हासिल गर्न नपाएको भन्दै शरणार्थी भनेर नकारात्मक दृष्टिले हेर्ने अझै पनि एक लाख शरणार्थीले दुखकष्ट भोगीरहेका र जागिर नपाएर मजदुरी गर्नुपरेको छ ।
नेपाल सरकारले भुटानी शरणार्थीहरुलाई अन्य राष्ट्रमा लैजाने घोषणा गरेपछि केही शरणार्थी विभिन्न देशहरुमा लगिएको दियाली बताउछन । त्यहीबाट उनीहरुको जीवनले नयां मोड लिन थालेको दियालीको दाबी छ ।सोही क्रममा केही शरणार्थी सहित दियालीको परिवार अमेरिका पुगे । त्यहाँ पुगेपछि उनीहरुलाई छ महिना अंग्रेजी भाषा सिकाइयो र त्यसपछि जागिर दिलाए ।
नेपालका ती हरिया वनजंगल, खोला नाला, वन्यजन्तु, साथीभाई आदि सबैको यादहरुले सधैं सम्झना दिइरहेको मोरङ झापामा बिताएका पलहरु सम्झदाँ नेपालको औधी माया लागेको उनले बताए । ८० हजार भुटानी शरणार्थी अमेरिकामा र अन्य क्यानेडा,युरोपमा रहेको उनले बताए ।
यसै क्रममा उनले छाप्रो नं. ५५ उपन्यास लेख्न थाले । यो उपन्यास लेख्न उनलाई छ महिना लागेको बताए । छाप्रो नं. ५५मा १८ वर्ष सम्म लामो र दुःखदायी जीवन बिताएका पलहरुले जन्माएका भुटानी शरणार्थीहरुका कथो भए पनि बिर्सन कसैले नसक्ने भनी उनले आफ्ना भाव व्यक्त गरेका थिए । भुटानी शरणार्थीहरुका जीवन वेथाको बारेमा फस्टाइएको , शरणार्थीहरुले के खान्थे के लगाउथे कुन भाषा बोल्दथे केके सेवा सुविधा थियो जस्ता बिषयहरु उनको उपन्यासमा समेटिएको छ ।
उनको हिसाबमा यो उपन्यास पहिलो कृति हो । आफ्ना रहर लाग्दा बालापनमा धुलोमा लेखिएका क ख, खेलेका खोप्पी,े बारेका बासबाट चिहाएर हेरेका दिनहरु, लुकीमारी, गुच्छाका दाना वस्तीहरुले अझै उनलाई खोजिरहेको जस्तो लागेको र यिनै सम्झनाहरुले छाप्रो नं.५५ जन्माएको उनले बताए । वास्तवमा आफु जन्मेको ठाँउ राम्रो होस् या नराम्रो जसलाई पनि राम्रो लाग्ने उनको भनाई छ ।हाल दियाली साहित्य, संगित र कलामा लागिपरेको र अहिले भुटानी शरणार्थीे बालबलिका लागि छाप्रो नंं. ५५ बाट आएको रकमले केही काम गर्ने तयारीमा उनी रहेका छन् ।
तपाइँको प्रतिक्रिया