देवघाटको संस्कृत गुरुकुलमका विध्यार्थीहरुलाई कपडा वितरण

आशिष उप्रेती, चितवन, असार ४– देवघाटको वागेश्वरीमा रहेको योगी नरहरीनाथ संस्कृत गुरुकुलमका विध्यार्थीहरुलाई कपडा वितरण गरीएको छ । कपडा व्यवसायी संघ नारायणगढ चितवनले आज बुधबार संस्कृत गुरुकुलमका २१ जना विध्यार्थीहरुलाई कपडा वितरण गरीएको हो ।
गुरुकुलमका २१ जना विध्यार्थीहरुलाइ आश्रमबाट माग भए बमोजिमको करिब २५ हजार रुपैया बराबरको प्रति विध्यार्थी २÷२ सेटको हुने गरी पहेलो रङ्गगको दाउरा सुरुवालको ड्रेस वितरण गरीएको हो । कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कपडा व्यवसायी संघ नारायणगढ चितवनका सल्लाहाकार नारायण प्रसाद शर्मा, वागेश्वरी आध्यात्मिक परिषदका संरक्षक शान्त प्रसाद पोख्रेल, वागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्र कुमार पिया, वागेश्वरी आध्यात्मिक परिषद्का सल्लाहाकार रिषिराम पाण्डे, गुरुकुलमका प्राचार्य यदुनाथ पोख्रेल, ज्येष्ठ नागरीक कल्याणकारी परिषद् नेपालका अध्यक्ष नारायण तिवारी, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्याल लगायतको उपस्थिति रहेको थियो ।
परिषद्का अध्यक्ष पियाले दाताहरुको सहयोगले आश्रमका बटुकहरुको शिक्षादिक्षामा सहयोग पुग्ने भन्दै सहयोगी दातालाई धन्यवाद समेत व्यक्त गरेका थिए । । कपडा व्यवसायी संघ नारायणगढ चितवनका प्रथम उपाध्यक्ष गोकुल प्रसाद कडेलले संचालन गरेको कार्यक्रम कपडा व्यवसायी संघ नारायणगढ चितवनका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया