अभागी ब्राजिल, ३ पटक गोल गर्दा पनि मान्यता नपाए पछी खेल बराबरी

असार ०४ – कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधवार बिहान सम्पन्न खेलमा ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलमा ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि मान्य भएन । पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । खेलको ३९ औं मिनेटमा फिर्मिनोले कप्तान ड्यानी आल्भेसको क्रसमा गोल गरेका थिए । तर बिपक्षी डिफेन्डर भिलानुएभालाई फल गरेको कारण रेफ्रीले त्यसलाई दिएनन् ।
खेलको ६० औं मिनेटमा ब्राजिलले अर्को गोल गर्यो । तर जेससको उक्त गोललाई पनि रेफ्रीले मान्यता दिएनन् । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै फिर्मिनो अफसाइड रहेको भन्दै रेफ्रीले गोल दिएनन् ।
खेलको तीन मिनेट बाँकी रहँदा कोउटिन्होले गोल गरे । तर तेस्रो पटक ब्राजिलको गोलले मान्यता पएन । तर फेरी रेफ्रीले भीएआरकै सहायतामा फिर्मिनोले ह्यान्ड भएको भन्दै गोललाई मान्यता दिएनन् ।बराबरी पछी पनि ब्राजिलले अंक तालिकाको शिर्ष स्थानमा कायम नै रहेको छ ।आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३-१ ले पराजित गरेको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया