कतार विश्वकप फुटबलका लागि आर्थिक लेनदेनको आरोपमा प्लाटिनी पक्राउ

असार ०४ – युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी भ्रष्टचारको आरोपमा पक्राउ परेका छन् । २०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा प्लाटिनी पक्राउ परेका हुन् ।
६३ वर्षीय प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको आरोप छ । फिफाले २०१५ मा अध्यक्ष सेप ब्लाटरसहित युईएफएका अध्यक्ष प्लाटिनीलाई आठ वर्षको प्रतिबन्ध लगाएको थियो ।एजेन्सी
तपाइँको प्रतिक्रिया