किर्तिमानी खेलमा इंग्ल्यान्डको फराकिलो जित

असार, ०४ – किर्तिमान नै किर्तिमान बनेको खेलमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ । विश्वकप क्रिकेट अन्तर्गत गए राती सम्पन्न खेलमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जारी विश्वकपमा कुनै पनि टिमले हात पारेको सबैभन्दा ठूलो जित हो ।यस खेलमा सबैभन्दा धेरै छक्का प्रहारदेखि सबैभन्दा धेरै स्कोर र सबैभन्दा महंगो बलिङसम्मका रेकर्डहरु पनि बनेका छन् ।
इंग्ल्यान्डले दिएको ३९८ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २४७ रन मात्र बनायो । उसले खेलमा खराब सुरुवात गरेको थियो । स्कोर बोर्डमा केबल ४ रन हुँदा ओपनर ओपनर नुर अली जार्दन खाता नै नखोली आउट भएका थिए । अफगानिस्तानका लागि हस्मतउल्लाह शाहिदीले ७६, राहमत शाहले ४६, अस्घर अफगानले ४४ रन बनाए पनि हार टार्न भने सकेनन् । यस्तै गुल्बादिन नाइबले ३७ रन बनाए ।इंग्ल्यान्डका जोफ्रा आर्चर र आदिल रशिदले समान ३-३ विकेट लिए भने मोयन अलीले २ विकेट हात पारे ।
त्यस अघी ओल्ड ट्राफोर्डमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले किर्तिमानी ३९७ रनको बिशाल योगफल तयार पारेको थियो । यो इंग्ल्यान्डले विश्वकप क्रिकेटमा बनाएको अहिले सम्म कै सबै भन्दा ठुलो स्कोर हो । इंग्ल्यान्डको किर्तिमानी योगफलमा मोर्गन नायक बने । उनले केबल ७१ बलमा १७ छक्का र ४ चौका सहित १४८ रनको उत्कृष्ट पारी खेले ।उनले एउटै इनिङमा सबैभन्दा धेरै १६ छक्का प्रहार गर्ने रोहित शर्मा, क्रिस गेल र एबी डिभिलियर्सलाई पछि पारिदिए ।
इयान मोर्गनले ७४ बलमा १४८ रन बनाए । उनले ५७ बलमा शतक बनाए । यो विश्वकपमा चौथो छिटो शतक बनाएको रेकर्ड हो । सबैभन्दा छिटो ५० बलमा शतक बनाएको रेकर्ड भने केभिन ओब्रायनको नाममा छ । इंग्ल्याण्डलाई बिशाल योगफल तयार पार्न कप्तान मोर्गन र रुटले १८९ रनको किर्तिमानी साझेदारी गरे । यो विश्वकपको इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो पार्टनरसिपको रेकर्ड हो ।
अघिल्लो रेकर्ड डी एमिस र फ्लेचरको नाममा थियो । उनीहरुले सन् १९७५ मा आयोजना भएको विश्वकपमा भारतविरुद्ध १७६ रनको पार्टनरसिप गरेका थिए यस्तै जोन्नी बैरस्टोवले ९० रन बनाए । उनले ९९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । जोय रुटले ८२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ८८ रन बनाए । मोयन अली ३१ रनमा नट आउट रहे ।
बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३-३ विकेट लिए । बलिङतर्फ अफगानिस्तानका राशिद खानले ९ ओभरमा ११० रन खर्चिए ।विश्वकप क्रिकेटको इतिहासमा यो सबैभन्दा महंगो बलिङ स्पेल हो । यसअघि न्युजिल्याण्डका मार्टिन स्नेडनले सन् १९८३ मा इंग्ल्याण्डविरुद्ध १२ ओभरमा १०५ रन खर्चिएका थिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया