क्रिकेट प्रतियोगीताको उपाधी भारतको मदनपुरलाई

सहबान अन्सारी,असार ३, नवलपरासी ।नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ गुठी परसौनीमा जारीको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी भारतको जिल्ला कुशीनगर स्थित मदनपुरको टिमले प्रथम विजेता रुपमा पाएको छ ।
आज भएको फाईनल प्रतिस्पर्धाको लागी गुठी परसौनी र मदनपुर बिच भएको थियो।
पहिलो ब्याटिङ्ग गरेको गुठी परसौनीले निर्धारित १५ ओभर पहिलै आफ्नो सबै विकेट गुमाएर ११५ रन बनाएको थियो।
जवाफी व्याटिङ्गमा उत्रेको मदनपुरले १२ ओभरमा आफ्नो ६ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो।
प्रतियोगीतामा म्यान अफ द सिरिज अमर यादवले प्राप्त गरेका छन ।
प्रतापपुर गाऊपालिका वडा नं ६ को सहयोग तथा माउण्ट एभरेष्ट क्रिकेट क्लबको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नेपाल र भारतका करिब ३० वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद सिल्ड, मेडल
त्यस्तै द्धितिय हुने टिमलाई १५ हजार नगद सिल्ड, मेडल प्रदान गरिएको थियो।
समापन कार्यक्रममा वडाध्यक्ष रामहरि उपाध्याय शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वि बहादुर शाही, केशव अधिकारी, मन्त्रिका केवट, दिलिप गुप्ता, सुरज गुप्ता लगायतहरुको सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया